सुन्दर यातायातले उपत्यका बाहिर पनि बिजुली चलाउने भएको छ।
यातायातले उपत्यका भित्र बिद्युतीय सार्वजनीक बस संचालन गरेको एक वर्ष पुरा भएको अवसरमा धुलिखेल–काठमाण्डौं बस सेवाको तयारी थालेको हो।
बुधवार धुलिखेल–काठमान्डौ रुटमा बिजुली बसको परिक्षण गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
‘भोली हामी परिक्षण गर्दैछौ। त्यहाँ धुलिखेलका मेयर असोक व्यञ्जनकारले गाडी निरिक्षण गर्नुहुनेछ। हामी यो रुटमा उपयुक्त स्थान हेरेर चार्जिङ स्टेशन पनि निमार्ण गर्छौ,’ थापाले सेतोपाटीसगँ भने।
सुरुवाति समयमा यो रुटमा ४ वटा बस संचालन गरिने उनले जानकारी दिए।