बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) ले दशैं तिहारको अवसरमा 'बर्जर कलर स्प्ल्यास' योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले एक सय वर्ग फिट बराबरको 'सिल्क डिजाइन पेन्टस्' उपहार पाउन बर्जर पेन्ट्सको ब्रान्डहरु किन्नुपर्छ।
विजेताले ५ लाख रुपैयाँसम्म पुरस्कार पाउने छन्। त्यस्तै २ जनालाई २ लाख, ५ जनालाई ५० हजार र सामसङ मोबाइल सय जनालाई दिइने कम्पनीले बताएको छ।
उपभोक्ताले बर्जर पेन्टले रंगाएको घरका फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा भाग लिन सक्छन्। सहभागीमध्ये उत्कृष्ट २८ घरधनीले नगद पुरस्कार जित्न सक्नेछन्।
यस योजना बारेमा विस्तृत जानकारी लिन बर्जर डिलरहरुसँग सम्पर्क गर्न सकिन्छ।