टुरिष्ट बस एशोसियन अफ नेपाल (टिबान)का सबै बस टिकट अनलाइनबाट बुकिङ गर्न सकिने भएको छ।
आफ्ना सबै बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले टिबानले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसिआरसी) सँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा टिबानका अध्यक्ष ईश्वर प्रसाद उपाध्यक्ष तथा इसिआरसीका अध्यक्ष संजीत पौडेलबीच हस्ताक्षर भएकाे हाे। अब नेपालभर संचालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ गरी बिक्री गर्न सकिन्छ।
टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातका रुपमा संचालन रहेका सवारी टिकट अनलाइन तथा एपबाटै बुकिङ गर्न सकिने बताइएको छ।
सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल अपनाएर सेवाहरु दिइने टिबानको भनाइ छ।
टुरिष्ट बसको सेवा डिजिटलमा गएको छ। सम्झौतापछि यात्रुहरुलाई सहजरुपमा भरपर्दो सेवा सूपथ मूल्यमा डिजिटल प्रविधिमार्फत उपलब्ध गराउन सकिनेछ, इसिआरसीका अध्यक्ष संजीत पौडेलले भने ।
सम्झौताअनुसार दशैंको लागि अग्रिम बुकिङ पनि अनलाइनबाटै सुरु गरिने छ।
सुरुआती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ। अन्य शहरहरुमा पनि सेवा बिस्तार गरिने बताइएको छ।
थप जानकारीका लागि