सिजी ब्रान्डले दशैं/तिहार पर्वलाई लक्षित गरी विभिन्न किसिमका उपहार योजना बजारमा ल्याएको छ।
ती सबै उपहार योजनाहरु उपभोक्ताहरुले सिजीको वेबसाइटबाट बुकिङ गरेर किन्नुपर्छ।
सामान किन्दा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने योजना ल्याएको छ।
उक्त योजनाअन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभी किन्दा ३० प्रतिशतसम्मको नगद छुट पाइन्छ।
सो भन्दा माथि टिभी किन्दा नगद छुट पाइन्छ। साथै सिजीकै स्पिकर पाइन्छ।
त्यसैगरी, साईड बाई साईड र मल्टी डोर रेफ्रिजेरेटर किन्दा पिजन ब्रान्डको मिक्सर र नगद छुट पाउने छन्।
डबलडोर रेफ्रिजेरेटरमा सिजीको प्रेसरकुकर र सिंगलडोर रेफ्रिजेरेटरमा आकर्षक नगद छुट पाउने छन्।
सिजीले फ्रन्टलोड वासिङ मेसिनमा मिक्सर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीको आइरन छुट पाइन्छ।
माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरु नगद छुट रहेको छ।
एसिमा भने निशुल्क जडानको व्यवस्था रहेको कम्पनीले बताएको छ।