दशैंका लागि पछिल्लो समय विदेशबाट वस्तु आयात बढेको छ।
साउन तथा भदौं महिनाको तुलनामा असोजमा आएर वस्तुको आयात बढेको भन्सार विभागले जानकारी दिएको छ।
विभागका अनुसार साउन तथा भदौंमा घटेको आयात असोजमा बढेको हो। तीन महिनाको आयात अघिल्लो वर्षको तुलनामा न्यून भएपनि असोजमा भने अघिल्लो वर्षको तुलनामा पनि बढेको छ।
असोजमा मात्र १ खर्ब १३ अर्बको वस्तु आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो। अघिल्लो वर्ष असोजमा १ खर्ब ५ अर्बको आयात भएको थियो।
अघिल्लो वर्ष असोजमा दशैं थियो।
दशैं तथा तिहार जस्ता चाडपर्वमा आन्तरिक खपत बढ्ने गर्छ। यही खपत बढ्ने अनुमानमा वस्तु आयात बढेको हो।