दसैं नजिकिएसँगै चितवन मेघौलीका होटल भरिभराउ भएका छन्।
साउन दोस्रो साताबाट होटल खुले पनि सुरूमा खासै चहलपहल थिएन। तर चाडपर्वको माहोल सुरू भएसँगै मेघौलीका होटलमा रौनक छाएको छ।
दुई साताबाट करिब 'फुल अकुपेन्सी' रहेको मेघौलीस्थित बाराही जंगल लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले बताए।
नेपालीसँगै नेपालमै बसोबास गर्दै आएका विभिन्न देशका नागरिक बिदा मनाउन आइपुगेको थनेतले बताए।
राप्ती नदीको किनारको मनमोहक दृश्य र बोटिङ, मध्यवर्ती जंगल र त्यहीँ गरिने सफारीले मेघौलीको शोभा बढाएको छ।
पछिल्लो समय सौराहमा घनत्व बढेसँगै शान्त माहोल खोज्ने पर्यटकहरू मेघौली पुग्ने गरेका छन्।
चितवन भरतपुरबाट ३२ किलोमिटर दक्षिण रहेको मेघौलीमा ३ वटा ठूला रिसोर्टसहित एक दर्जन होटल छन्। मेघौलीमै थारु होमस्टे पनि सन्चालनमा छ।