चालू आर्थिक वर्ष २०७७/०७८ को ४ चार (साउनदेखि कात्तिक) महिनामा ब्यापार घाटा घटेको छ। गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले ब्यापार घाटा घटेको हो।
गत वर्ष साउनदेखि कात्तिकसम्म ४ खर्ब १४ अर्ब रूपैयाँ बराबरको ब्यापार घाटा भएको थियो भने यो वर्ष सोही अवधिमा ३ खर्ब ६२ अर्ब रूपैयाँको ब्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
विभागको तथ्यांक अनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष आयात पनि घटेको छ। गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो।
यस वर्ष सोही अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ। यो गत वर्षको तुलनामा १०.६२ प्रतिशतले कमी हो।
गत वर्ष साउनदेखि कात्तिकसम्मको तुलनामा यो वर्षको सोही अवधिमा निर्यात भने १०.८१ प्रतिशतले बढेको छ।
गत साउनदेखि कात्तिकसम्ममा ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको सामान निर्यात भएको थियो भने यस वर्ष सोही अवधिमा ४० अर्ब २० करोड रूपैयाँ बराबरको सामान निर्यात भएको छ।
साउनदेखि कात्तिकसम्ममा कुल ब्यापार ४ खर्ब ४९ अर्ब रुपैयाँ बराबरकाे भएकाे छ। याे गत वर्षकाे साेही अवधिकाे तुलनामा ९.०२ प्रतिशतले कमी हाे। गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरकाे ब्यापार भएकाे भन्सार विभागकाे तथ्याकले देखाएकाे छ।