नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अन्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ राजनीति गर्ने थलो नभएका बताएका छन्।
काठमाडौंमा जारी महासंघको सधारणसभामा धारणा राख्दै आगामी कार्यकालका लागि वस्तुगत तर्फको उपाध्यक्षका प्रत्यासी श्रेष्ठले राजनीतिक दलको चुनावजस्तो महासंघको चुनावलाई नबाउन आग्रह गरे।
'बाहिर हल्ला गरिएजस्तो राजनीतिक दलको जस्तो चुनाव होइन महासंघको चुनाव। यहाँ चुनाव जित्नेले महासंघ चलाउछ हार्नेले फेरि व्यवसयायमै केन्द्रित हुन्छ'उनले भने।
महासंघको यो पटकको चुनाव बढी राजनीतिकरण भएको भन्दै चर्चा भइरहेको छ।
लक्ष्मी ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठ यो पटकको चुनावमा किशोर प्रधानको प्यानलबाट चुनावमा उठेका छन्। हालको कार्यसमितिमा सदस्य तथा उद्योग समिति सभापति रहेका श्रेष्ठ यसअघि नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष समेत भइसकेका छन्।
अहिलेसम्म गरेको कामको मूल्यांकन मदताहरुले गरेको र त्यही आधारमा आफूले ल्याएका एजेन्डाप्रति विश्वास हुने श्रेष्