दिनमा पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको सम्राट सिमेन्टले नेपालमा पहिलो पटक स्थापनाको दुई वर्ष नपुग्दै प्रतिदिन ४५ सय टनमा क्षमता विस्तार गरेको छ।
वैश्विक महामारीकै बीचमा सम्राटले क्षमता विस्तार गर्न सफल भएको छ।
कम्पनीका मुख्य साझेदार तथा अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनालाले आफूलगायत अन्य सञ्चालकहरु तथा आफ्ना सम्पूर्ण कर्मचारीका कारण सम्वभ भएको बताउछन्।
सम्राट सिमेन्टको मुख्य सञ्चालकहरु अध्यक्ष तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधिर तिमिल्सिना छन् ।
‘सबै सञ्चालकहरुको साथ र सहयोगका कारण सम्राट सिमेन्टले यति कम समयमा राम्रो गती लिन सम्भव भएको हो,’ तिमिल्सिनाले भने ।
नेपाली लगानीकर्ताहरु र नेपाली बैंकहरुको संयुक्त प्रयासमा यो सफल हुन पुगेको उनको भनाइ छ ।
मुकुन्दप्रसाद तिमिल्सिना व्यापारमा नयाँ अनुहार होइनन् । सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए । त्यस्तै, विभिन्न होइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन् । उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ ।
४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् । अध्यक्ष तिमिल्सिनाका अनुसार उद्योगमा १६ अर्ब लगानी भएको छ ।
विभिन्न आयोजनाका लागि आवश्यक ल्याव परीक्षणमा सम्राट सिमेन्ट पास हुँदै आएको छ र आगामी दिनहरुमा यसको निरन्तरता तीव्ररुपले अगाडि बढ्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ।
सिमेन्टका बोराहरु प्याक हुनु अघि एफएल एसएमआइडीटीएच डेनमार्कबाट ल्याइएको रोबटिक प्रविधिको प्रयोग गरेर ‘रमिल पाउण्डर’, ‘क्लिनफिड पाउडर र सिमेन्ट पाउडरको परीक्षणपछि मात्रै सिमेन्ट उत्पादनको शुरुवात गर्ने गरिएको उनले बताए।
'यसो गर्दा कम समयमा धेरै गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ । जसको कारण दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता बढेको छ। नेपालमा यस प्रविधिबाट गुणस्तर मापन गर्ने हामी दोस्रो हौं' उनले भने।
उद्योगमा खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकालेर पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । जसका कारण कम्पनीले ७ मेगावाट विद्युत् उत्पादन गर्नसक्छ।