पछिल्लो समय उडान अनुकूल मौसम नहुँदा हवाइ यातायात प्रभावित भएको छ।
विशेषगरी तराइका विमानस्थलहरुमा विहानको समयमा उडान गर्नमिल्ने मौसम नभएपछि उडानहरु रद्ध हुँदै आएका छन्।
तोकिएको समयमा उडान भएपछि एयरलाइन्सहरुले रद्ध गर्ने उडानबाट यात्रुहरु मारमा परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार पछिल्लो सात दिनमा मात्र १४७ उडान रद्ध भएका छन्।
उडान ढिला हुने तथा रद्ध भएका कारण विमानस्थलका टर्मिनलमा यात्रुहरुको भीडभाड पनि बढेको छ। अनुमानयोग्य मौसम नहुनु तथा एयरलाइन्सहरुको कमजोर सूचना प्रणालीका कारण विमानस्थलमा यात्रुहरुको भीड बढेको हो।
विमानस्थल कार्यालयकाअनुसार आजमात्र २० उडान रद्ध भएका छन्। आज ८७ उडान तय भएका थिए।