अध्ययन कम्पनी पियरसनले काठमाडौंमा ‘पियरसन इङ्लिसएकेडेमिक’ (पीटिई एकेडेमिक) केन्द्र खोलेको छ।
यो नयाँ केन्द्रलेआप्रवासी र विदेशमा पढ्न इच्छुका लागि सहयोग गर्ने कम्पनीले बताएको छ।कम्पनीका अनुसार पीटिई एकेडेमिक एक कम्प्यूटरमा आधारित भाषा परिक्षण हो। यसले सटीक र निष्पक्ष स्कोर परिणाम दिन्छ।
पीटिईले परीक्षण स्कोरमा वैधता प्रदान गर्ने स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपाय प्रयोग गरेर आकांक्षा अनुसार परिक्षण वातावरण नियन्त्रण गर्ने कम्पनीको दाबी छ।
यो अनलाइन परिक्षा प्रणाली भएकाले सुविधाजनक र सुरक्षित रहेको पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले बताए।