धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले वैशाख २२ देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक देवानन्द शर्माले जानकारी दिए। मर्मतसँगै जहाज पार्किङ स्थल पनि विस्तार गरिनेछ।
'धावनमार्ग मर्मत र पार्किङ क्षेत्र पनि विस्तार गर्नुपर्ने भएकाले एक महिनाका निम्ति विमानस्थल बन्द गरिने भएको हो,' उपमहानिर्देशक शर्माले सेतोपाटीसँग भने, 'यसबाहेएक महिनामा सबै काम सक्ने योजना छ।'
विमानस्थलमा अहिले ३ वटा जहाज पार्किङ गर्न मिल्ने व्यवस्था छ। थप एक जहाज पार्किङ गर्न सक्ने गरी विस्तार गरिने योजना छ। यसबाहेक अरू सेवासुविधा तथा सामग्री थप्ने योजना पनि छ। यसको लागत करिब २० करोड रूपैयाँ अनुमान गरिएको छ।
एक महिनासम्म विमानस्थल बन्द हुँदा पर्ने असुविधाको वैकल्पिक व्यवस्था नहुँदा समस्यामा परेको भन्दै सरोकारवालाहरूले गुनासो गर्दै आएका छन्।