चौधरी फाउण्डेसनले नेपालमा पहिलो पटक ‘डुइङ्ग गुड इन्डेक्स’ (डिजीआई २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ।
डुइङ गुड इन्डेक्सको प्रकाशन हङ्गकङ्ग स्थित संस्था ‘सेन्टर फर एसियन फिलान्थ्रोपी एण्ड सोसाइटी’द्वारा गरिँदै आएको छ।
चौधरी फाउण्डेसन र क्याप्सबीच सन् २०१८ नोभेम्बरमा नेपालमा डुइङ्ग गुड इन्डेक्स सर्वेक्षण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
कम्पनीका अनुसार सर्वेक्षणको प्रमुख उदेश्य एसियाली राष्ट्रहरुमा लोकोपकारी क्षेत्रमा लगानीको मात्रा र गुणस्तरमा बृद्धि गर्नु रहेको छ। जसअन्तर्गत यस क्षेत्रको नियमनकारी व्यवस्था, कर प्रणाली, खरिद प्रकृया एवं सामाजिक वातावरण आदि जस्ता क्षेत्रको जानकारी हासिल गर्दै सामाजिक क्षेत्रमा लगानी प्रदान वा प्राप्त गर्ने सम्बन्धी प्रावधानको बारेमा अध्ययन गरिने छ।
यस सर्वेक्षणले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका लागि लगानी जुटाउन कठिनाइ, योग्य जनशक्तिको अभाव, कर्मचारीतन्त्रमा व्याप्त रेड टेपिज्म आदि जस्ता विविध चुनौतीहरुको समाधानका उपायको पहिचान गर्न मद्दत पु¥याउने कम्पनीको दाबी छ।
त्यसैगरी सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुलाई कानुनी रुपमा दर्ता गर्न, लगानी बृद्धि गर्न, कर सहुलियत एवं सार्वजनिक करार प्राप्त गर्ने आदि कार्यमा पनि सर्वेक्षण सहयोगी रहने जनाइएको छ।
कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले ‘डुइङ गुड’ इन्डेक्सले सामाजिक क्षेत्रमा विश्वासको वातावरण, परोपकारी भावनाको विकास एवं यस क्षेत्रको व्यवसायीकतालाई वढावा दिने जस्ता सकारात्मक नतिजा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए।