पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराईले सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई आगामी बजेटमा पार्टीको हितमा भन्दा पनि देशको हितमा हुनेगरी ल्याउन सुझाव दिएका छन्।
आगामी वर्षका बजेटका सन्दर्भमा अर्थ समितिले गरेको राय सुझाव संकलनमाथिको छलफल कार्यक्रममा बोल्दै भट्टराईले पार्टीको लोकप्रियताभन्दा स्रोत सधानले धान्ने गरी थितिभित्रै रहेर बजेट विनियोजन गर्न खतिवडाको ध्यानाकर्षण गराएका थिए।
'सरकारको नीति तथा कार्यक्रम झट्ट सुन्दाखेरीचाँहि सरकार अर्थशास्त्रीयरूपले भन्दा पनि राजनीतिक रूपले जान खोजेको होकी यो सरकार', भट्टराईले भने, 'सायद यो वर्ष अलि बढि आलोचना भएकाले केहि केहि पपुलिस्ट काम गर्नुपर्छ की भन्ने दबाबमा सरकार लाग्यो की भन्ने मलाई लागेको छ। त्यसैले सरकारलाइ मेरो सुझाव पाट्रीको हितलाई भन्दा पनि देशको हितलाई हेर्न रहेको छ।'
जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भनेको राजनैतिक लोकप्रियता र अर्थतन्त्रको यथार्थिय धरातलको सन्तुलन भएको बताउँदै यसैको बिचबाट जाने बताए।