व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले आन्तरिक राजस्व विभागले जारी गरेको विज्ञप्तीलाई चुनौति दिएको छ।
आन्तरिक राजस्व कार्यालय बानेश्वरले सुमार्गीको कम्पनी नेपाल स्याटेलाइटको सेयर स्वामित्व परिवर्तन हुँला भएको लाभमा लाग्ने कर र त्यसको ब्याजसमेत जोड्दा ४ अर्ब ३२ करोड पुँजीगत लाभकर निर्धारण गरेको र सोको पत्र कम्पनीले बुभ्mन अस्वीकार गरेको बताएको छ।
कार्यालयको उक्त पत्र अदालतको आदेश विपरीत भएको कम्पनीले विज्ञप्तीमार्फत् बताएको छ।
कर कार्यालयले कुनैपनि पत्र नपठाएको र इमेलमा पनि जेठ ५ गतेमात्र पठाएको उसले कम्पनीको दाबी रहेको छ।
विभागले भने बैशाख ३१ गते कम्पनीमाथि कर निर्धारण गरी जेठ १ मा पत्र पठाएको तर कम्पनीले पत्र बुभ्mन अस्वीकार गरेको जानकारी दिएको थियो।
सर्वाेच्च अदालतजे जेठ २ गते आन्तरिक राजस्व कार्यालयलाई तत्काल कर निर्धारणको कुनै पनि काम नगर्नू भनि अन्तरिम आदेश दिएको र उक्त आदेश जेठ ५ मा तामेल भएपनि कर कार्यालयले पहिलेकै मिति राखेर प्रेस विज्ञप्ती जारी गरेको आरोप लगाइएको छ।
यसरी अदालतको आदेश भइसकेको अवस्थामा आएको पत्र मानहानी हुने र सोको कानूनी उपचार खोज्ने कम्पनीले चेतावनी दिएको छ।