हवाइ क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमको कार्यकाल सकिन लागेपछि बिदामा बसेका छन्। जेठ १४ गते चार वर्षे कार्यकाल सकिने भएपछि उनी आजदेखि विदा बस्ने भएका छन्।
गौतम बिदामा बसेपछि उपमहानिर्देशक पोखरेललाई निमित्तको जिम्मेवारी दिइएको छ।
उपमहानिर्देशकहरुमा वरिष्ठ भएपछि पोखरेललाई निमित्तको जिम्मेवारी दिइएको गौतमले जानकारी दिए। हवाई नियमक प्राधिकरणको महानिर्देशक प्राधिकरण भित्रबाटै धेरै आकांक्षी देखिएका छन्।
विशेषगरी सेफ्टी र नियमनमा दक्षता भएका पोखरेल कम विवादित मध्येमा पर्छन्। प्राधिकरणको महानिर्देशक पर्यटन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्छ। हाल पर्यटन मन्त्री जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिएका छन्।
उपमहानिर्देशकका रुपमा गौतमको कार्यकाल असारसम्म रेको छ। यद्यपी महानिर्देशकबाट बाहिरिएपछि उनी त्यहाँ रहने छैनन्।