नागरिक उड्डयन प्राधिकरणले जनकपुर विमानस्थलका लागि स्याटेलाइट फ्लाइट प्रोस्युडर पारित गरेको छ। महानिर्देशकको रुपमा अन्तिम निर्णयका रुपमा सञ्जिव गौतमले उक्त निर्णय गरेका छन्।
जनकपुर विमानस्थलमा आइएफआर प्रणालीबाट उडान गर्नका लागि प्रक्रियागत तयारी सबै पूरा भएको गौतमले जानकारी दिए। जनकपुरसँगै तराईका व्यस्त सबै विमानस्थलमा रात्रिकालिन उडान हुने भएको छ।
जनकपुरबाहेक राजविराज र भरतपुर विमानस्थलमा मात्र रात्रिकालिन उडान सम्भव हुँदैन। आइएफआर प्रणालीमा उडान गर्नका लागि न्यून भिजिविलिटी भएपनि हुन्छ। भिएफआरमा ५ किलोमिटर भिजिविलिटी चाहिन्छ भने आइएफआरमा साढे दुई किलोमिटरमात्र भएपुग्छ।