उच्च शिक्षाका लागि सही गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले ‘इण्डिया एडमिसन एक्स्पो’ हुने भएको छ।
जुन १५ र १६ दुई दिन होटल याक एन्ड यतिमा आयोजना हुने एक्स्पोमा इन्डियाका विभिन्न स्थानका कलेज र युनिभर्सिटीको सहभागिता रहने आयोजकले जनाएको छ।
इन्डिया एजुकेसनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने मेलामा इन्डियन एजुकेसनको बारेमा विस्तृत जानकारी दिइने छ।
आयोजकका अनुसार मेलामा सहभागि हुने सबै कलेज र युनिभर्सिटीहरु न्याक र निर्फ (एनआईआरएफ) बाट मान्यता प्राप्त शिक्षण संस्था हुन।
मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिगंका लागि सम्बन्धित शिक्षण संस्थाका डाइरेक्टर, प्रिन्सिपल र प्रोफेसर स्वंय उपस्थित हुनेछन्।
न्याक र निर्फ शैक्षिक संस्थाको गुणस्तर अनुगमन गर्ने निकाय हुन् ।मेलामा इन्जिनियरिगं, म्यानेजमेन्ट, मेडिसिन, फार्मेसी होटल म्यानेजमेन्ट, डिजाइन, फेसन टेक्नोलोजी, बायो टेक्नोलोजी, मेरिन लगायतका विषय अन्तर्गतका १ सय भन्दा बढीकोर्सको बारेमा जानकारी गराइने आयोजकले जानकारी दिएको छ।
प्लस टु पछिको उच्चशिक्षाको क्रममा दोधारमा रहेका विद्यार्थीलाई उनीहरुको क्षमता र उनीहरुको भविश्य अनुरुपको सही परामर्श उपलब्ध गराइनेछ।