टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्तव विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोकको श्री कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विद्यालय उद्घाटन गरे।
‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सा स्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ।
बिद्यालय भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको जनाइएको छ। सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो।