प्रदेश सरकारले आज ल्याएको बजेटसँगै केही लोकप्रीय कार्यक्रम पनि ल्याएका छन्। आगामी वर्षको बजेटमार्फत् प्रदेश सरकारहरुले विभिन्न कार्यक्रम ल्याएका छन्।
कर्मचारी नहुने र भएपनि टिकाउनै गाह्रो भएको बताउँदै आएका प्रदेश सरकारहरुले प्रोत्साहन कार्यक्रम ल्याएका छन्।
प्रदेश ३ र २ ले कर्मचारी प्रोत्साहन कार्यक्रम ल्याएका हुन्।
प्रदेश ३ ले संघीय सरकारकारले बढाएको तलबमान प्रदेश सरकारले पनि लागू गर्ने र त्यसका अतिरिक्त प्रदेश सरकारले एक महिनाको थप तलब दिने घोषणा गरेको छ। वर्षमा एक महिनाको तलब कर्मचारीलाई दिने बजेटमा उल्लेख गरिएको छ।
त्यस्तै प्रदेश २ ले पनि कर्मचारीहरुका लागि विशेष प्याकेज ल्याएको छ। प्रदेश संसदमा आज प्रस्तुत आगामी वर्षको बजेटबाट सरकारले कर्मचारीका लागि एक महिनाको तलब बराबर रकम घुमफिरका लागि दिने घोषणा गरेको छ।