काठमाडौं महानगरपालिकाले महानगरभित्रका मुख्य सडक छेउका जग्गाको मूल्य निर्धारण गरेको छ।
सम्पत्ति कर मूल्याङ्कन प्रयोजनका लागि कायम गरिएको मूल्यमा सबभन्दा महँगो जग्गाको मूल्य आनाको ५० लाख तोकेको छ।
महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त मूल्य तोकेको हो।
महानगरपालिकाले हनुमानढोका क्षेत्रको, पुरानो महानगरपालिका भवनको न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको आसपासको जग्गाको मूल्य पनि प्रतिआना ५० लाख निर्धारण भएको छ।
यस्तै, क्षेत्रपाटी क्षेत्र, ठमेल क्षेत्रमा, माइतीघर, जमल, दरबारमार्ग क्षेत्र, रत्नपार्क तथा आरएनएसी आसपासको जग्गाको पनि प्रतिआना ५० लाख मूल्य निर्धारण भएको छ।
यस्तै, पुतलीसडक, बागबजार क्षेत्र तथा सभागृहचोक क्षेत्रको जग्गाको मूल्य भने ४० लाख तोकिएको छ।
न्युरोडबाट महाबौद्ध हुँदै गणेशस्थानसम्मको बाटोमा पर्ने जग्गाको मूल्य भने प्रतिआना ३६ लाख तोकिएको छ।
यस्तै, इन्द्र चोक आसपासका क्षेत्रको जग्गाको मूल्य पनि ३६ लाख तोकिएको छ।
त्यस्तै महानगरले मुख्यमुख्य सडकको छेउमा पर्ने सबै ठाउँमा जग्गाको मूल्य निर्धारण गरेको छ।