त्रिवेणी ब्यापार कम्पनीले सञ्चालन गरेको ‘याशुदा नयाँ वर्षको शुभारम्भ’का बिजेतालाई पुरस्कार बितरण गरिएको छ।
ग्राहक योजना अन्तरगत याशु्दाको टिभी, फ्रिज तथा वासिङ मेसिन लगायतका ब्रान्डको कुनै पनि सामानको खरिदमा लक्की ड्र कुपन प्रदान गरिएको थियो।
प्रथम पुरस्कारका रुपमा क्रिएटिम आइटी सुर्खेतका कृष्णबहादुर बुद्धले सिंगापुर भ्रमणको अवसर पाएका छन् । दोस्रो हुने ललित ओलीले यशुदा स्मार्ट एलइडी टिभी र तेश्रो पुरस्कारका रुपमा ताहासिंह थापाले यशुदाको एसी प्राप्त गरेका छन्।