सरकराले पृथ्वी राजमार्ग अन्तर्गतको आबुखैरेनी देखि पोखरा सम्मको ८० किलोमिटर सडक स्तरोन्नतीका लागि एशियाली विकास बैंक (एडिवी) सँग ऋण लिने भएको छ ।
साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले एडिबीबाट उक्त राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गर्न अख्तियारी दिइने निर्णय गरेको हो ।
आइतबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त सहुलियतपुर्ण ऋण लिने निर्णय सार्वजनिक गरेका थिए ।
सरकारले उक्त ऋणबाट आबुखैरेनी देखि पोखरासम्मको २ लेनको बाटो स्तरोन्नती गरि चार लेनको बनाउने तयारी गरेको हो ।
उक्त ऋणबाट आबुखैरेनी देखि पोखरासम्मको ८० किलोमिटर राजमार्ग स्तरोन्नती गरि ४ लेनको डेडिकेटेड राजमार्ग बनाउने सरकारो योजना रहेको छ।
यो सडकको विस्तृत अध्ययन पनि एडिबीकै सहयोगमा भएको थियो।
बाटोमा पर्ने ठुला दुई पुल पनि आयोजना भित्रै पर्नेछन् । दमौलीको मादि नदिमाथिको पुल र सेती नदि माथिर्को पुल पनि उक्त आयोजनामा छन्।
अहिले एडिबीको ऋण सहयोगमा कन्चनपुर देखि कमला नदि सम्मको सडक निमार्णको प्रकृयामा चलिरहेको छ । यो सँगै सडक विभागले एडिबीसँगको ऋण सहयोगमा ४ आयोजनामा काम गरिरहेको छ ।