सरकारले नेपाल एयरलाइन्सको वर्तमान अवस्थाको अध्ययन गरी भविष्यमा चाल्न सकिने कदमका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।
हालसम्म नेपाल एयरलाइन्स सुधारका लागि भएका प्रयास र तिनले दिएको प्रतिफल र अबको बाटोका विषयमा अध्ययन गरी एक महिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित पूर्व सचि शुशिल घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
'नेपाल एयरलाइन्सको अवस्था नाजुक भएको छर्लंग भएको सबैले देखेका छन्, त्यही भएर म आएदेखि नै व्यवस्थापनसँग सघन छलफलमा छु। यही चालाले एयरलाइन्स अघि बढ्छ भन्ने कसैलाई पनि विश्वास छैन। तर अघि त जानैपर्ने छ तर कसरी ? हामि आफै त जान सक्दैनौ। त्यसैले विज्ञ र अनुभवी सम्मिलित उक्त समितिले एउटा प्रतिवेदन दिने छ हामी त्यही आधारमा निर्णय गर्छौ' मन्त्रालयमा आयोजित कार्यक्रमा उनले भने।