एफवान सफ्ट ग्रुपले कलेजमा लगानी गरेको छ । भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजसँग एफवान सफ्टले साझेदारीमा लगानी गरेको हो । एफवान सफ्ट अन्तराष्ट्रिय क्षेत्रमा समेत नाम कमाएको सफ्टवेयर कम्पनी हो ।
नेपालको आइटी क्षेत्रमा दक्ष कामदार नपाएको र आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाएको भन्दै दुबै समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको कम्पनीले जानकारी दिएको छ।
बिसिए र बिएससी सिएसआइटी अध्ययन हुने उक्त कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी टे«निङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्ने कम्पनीले बताएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ ।