संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हचुवको भरमा नयाँ विमानस्थल बनाउनेतिर आफ्नो कुनै चासो नभएको बताएका छन्। नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेको एभियशन सेफ्टी रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै उनले बन्दै गरेका र पूरानै विमानस्थलको कुसल सञ्चालन आफ्नो प्राथमकिता भएको बताए।
नेपालमा अहिलेको समय भनेको विमानस्थल विस्तार भन्दा पनि सुधार तथा सञ्चालन गर्ने भएको र यो कुरा आफूले थोरै भएपनि बुझेको जानकारी दिए।
बारीका पाटा देख्नेवित्तिकै नयाँ मन्त्रीहरुले विमानस्थल बनाइहाल्ने विगत परम्परा अब दोहोरिन नहुने भन्दै उड्डयन व्यवसायीहरुको चासोमा मन्त्री भट्टराईले चुनावमा बोलिएको कुराकै आधारमा औचित्य पुष्टि नहुनेगरी विमानस्थल बनाउन नहुने पक्षमा आफू दृढ भएको बताए।
'चुनावमा प्रतिबद्धता जनाउनु हाम्रो बाध्यता हो, त्यतितबेला त्यति पनि प्रतिबद्धता गर्न नसक्नेलाई किन भोट दिने भन्ने हुन्छ। तर चुनाव जितेर राज्य सञ्चालनको ठाउँमा आएपछि हामीले स्रोत साधनको परिचालनमा धेरै सोच्नुपर्छ'उनले भने,'चुनावी राज्यको अरबौ पैसा खर्च हुने कुरामा सम्भाव्यता,व्यापार केही नहेरी केवल प्रतिबद्धताकै भरमा नयाँ विमानस्थल बनाइन्न।'
काभ्रेमा बैकल्पिक विमानस्थल बनाउन कतिपय व्यवसायीको समेत जोड रहँदै आएको छ। यो वर्षको बजेटमा समेत यो कुरा परेको छ। तर मन्त्री भट्टराई भने तत्काल यो विमानस्थल बनाउने पक्षमा छैनन्।
उनले तत्काल काठमाडौं विमानस्थलको चाप घटाउका लागि रामेछाप विमानस्थललाई सुविधा सम्पन्न बनाउका लागि सरकार तयार रहेको बताए।