काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलमा पनि कन्भेयर बेल्ट जडान गरिएको छ। नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आन्तरिक यात्रुहरका लागि कन्भेयर बेल्ट सञ्चालनमा ल्याएको हो।
उक्त बेल्टको आजदेखि औपचारिक रुपमा सञ्चालन गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त बेल्ट उद्घाटन गरेका थिए।
यो बेल्ट राखिएसँगै आन्तरिक उडानमा जाने/आउने यात्रुका ब्यागेज पनि बेल्टमै आउने छन्। यसअघि यात्रुका लागि बेल्टको व्यवस्था थिएन। ब्याग छानेर लिनुपर्ने अवस्था थियो।
तर अबदेखि अन्तर्राष्ट्रिय उडानमा जस्तै यात्रुले बेल्टमा आएका ब्यागेज चिनेर लिनसक्ने विमानस्थलका महाप्रबन्धक राजकुरमा क्षेत्रीले जानकारी दिए।