संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले आकाशमै जहाज घुमिरहेको विषयमा छानविन गर्न निर्देशन दिएका छन्। आज बिहान अवतरणका लागि आएका धेरै जहाज आकाशमै लामो समय होल्ड भएको विषयमा छानविन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन्।
प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर उनले सो निर्देशन दिएका हुन्।
आज बिहान साढे दश बजे विमानस्थलको दुरी र दिसा मापण गर्ने यन्त्रमा खराबी आएपछि अवतरणका लागि आएका जहाज २ घण्टासम्म होल्डमा परेका थिए। सोही क्रममा मालिन्डो एयरको जहाज डाइभर्ट भएको थियो भने एयर चाइनाको उडान रद्ध भएको थियो।
२ घण्टासम्म उपकरण बिग्रदा अवतरण ठप्प भएको थियो।