नेप्लिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा ‘नायर अस्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न भएको छ।
काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको शैक्षिक मेला नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा सूचना प्रवाह गर्ने उद्धेश्यले भएको हो।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूबाट छात्रवृत्तिसम्बन्धी जानकारी, आइएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङसम्बन्धी जानकारी गराइएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त अस स्टडिज, ब्रिज ब्लु, डलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फस्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब, मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड असोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड असोसिएट्स, द नेक्स्ट, युनिक्याम्पस र भिआइइसी लगायतका नेपालको उत्कृष्ट शैक्षिक परामर्श दिने संस्थाहरूको स्टल रहेको थियो।