भारत सरकारले कर्पोरेट आयकर घटाएको छ। पछिल्लो समय आर्थिक क्षेत्रमा मन्दीको संकेत देखिएपछि केन्द्रीय अर्थमन्त्री निर्मला सितारामनले उद्योगी व्यवसायीका लागि प्याकेज घोषणा गरेकी छन्।
पत्रकार सम्मेलन गर्दै उनले आयकर कानून संसोधन गरी करका दर घटाउने घोषणा गरेकी छन्। उनले आज घोषणा गरेका सबै प्याकेज आर्थिक वर्ष सन् २०१९/२० बाट लागू हुने बताइएको छ।
तर यसरी घोषणा गरिएको कर स्वदेशी लगानीका उद्योगी व्यवसायीलेमात्र पाउने छन्। त्यस्तै उत्पादनमुलक उद्योगले थप कर छुट पाउने छन्।
उनको घोषणाअनुसार अबदेखि शतप्रतिशत भारतीय लगानीका उद्योगले २२ प्रतिशतमात्र आयकर तिर्नुपर्ने छ। यसअघि ३० प्रतिशत थियो। यो कुनै पनि सुविधा तथा छुट नलिएका लागि हुने छ। तर पनि सरचार्ज जोड्दा कुनै पनि उद्योगले २५.१७ प्रतिशतभन्दा बढी आयकर तिर्नुपर्ने छैन।
त्यस्तै उत्पादनमुलक क्षेत्रमा प्रवेश गर्ने नयाँ उद्योगले १५ प्रतिशतमात्र आयकर तिर्नुपर्ने छ। यसअघि यस्तो कर २५ प्रतिशत थियो। यसमा सरचार्ज जोड्दा धिकतम १७.०१ प्रतिशत हुने छ।
त्यस्तै भारत सरकारले पुँजीगत आयकरमा लगाउने अतिरिक्त कर फिर्ता लिने भएको छ।
सरकारले यो घोषणाले भारतीय सेयर बजारमा उछाल आएको छ। सरकारले अटोमाोबाइलमा लगाउँदै आएको करमा पनि केही छुट दिने संकेत गरेपछि बजारमा झनै उछाल आएको भारतीय सञ्चालमाध्यहरुले उल्लेख गरेका छन्।