पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड सञ्चालन मा आएको छ। १२ दिनदेखि बन्द सो सडकमा आज साँझबाट सवारी सञ्चालन मा आएको रसुवा बाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यले जानकारी दिए।
रसुवा जिल्लाको कालिका गाउँपालिका–१, नागार्दुन क्षेत्रमा गत भदौ २५ गते पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक सञ्चालनमा ल्याइएको थियो।
आइतबार साँझ सवा ६ बजेबाट सवारी सञ्चालनमा आएको हो ।