बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी इजेड रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबर सुरु भएको छ।
कारोबार सुरू भएसँगै कुवेत, बहराईन मलेशिया, भारत, बेलायत लगायत विश्वभर रहेको इजेड रेमिट ब्रान्च तथा एजेन्टबाट सजिलै पैसा पठाउन सकिने भएको छ।
कारोबार सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इजेड रेमिटका प्रमुख वित्तीय अधिकृत एममल्लिकले हस्ताक्षर गरेका छन्।