एसियली विकास बैंकले नेपालको बलियो आर्थिक बृद्धिदर कायमै रहने प्रक्षेपन गरेको छ। बैंकले आज सार्वजनिक गरेको इकनोमिक अपडेटअनुसार चालु आर्थिक वर्षमा ६.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपन छ।
नेपाल सरकारले भने चालु वर्ष ८.५ प्रतिशतको बृद्धिदर हुने प्रक्षेपन गरेको छ।
सार्वजनिक खर्चको सही परिचालन, संघीय इकाहरुको खर्च सुधार तथा निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुसक्ने बैंकको प्रक्षेपन छ।
बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त भएपनि उद्योग क्षेत्रमा हुने ७.९ प्रतिशत, बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकको विश्वास छ।
होलसेल तथा रिटेल, वित्तीय मध्यस्थतता र पर्यटन क्षेत्रमा पनि उल्लेख्य बृद्धि हुने बैंकको प्रक्षेपन रहेको छ।
बैंकले मूल्य बृद्धि भने ५.५ प्रतिशत पुग्ने जनाएको छ।