नेपाल र सयुक्त अरब इमिरेट्स(युएई)बीचको हवाई सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशबीचको द्वपक्षीय हवाई सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो।
क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औं महासभाको क्रममा उक्त सम्झौता भएको हो।
सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएई तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका छन्।
यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको थियो।
सन् १९९९ मा पहिलोपटक सम्झौता भएको युएईसँग पछिल्लोपटक सन् २०१५ मा पुनरावलोकन भएको थियो।
नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ।