वर्ल्ड इकनोमिक फोरमले प्रत्येक वर्ष निकाल्ने 'वल्ड कम्पिटेटिभनेस इन्डेक्स' मा सिंगापुर १ नम्बरमा पुगेको छ। अघिल्लो वर्ष २ नम्बरमा रहेको सिंगापुर यो वर्ष सयुक्त राज्य अमेरिकालाई उछिन्दै १ नम्बरमा पुगेको हो।
विश्वभरका १४१ देशमामध्ये सिंगापुर १ नम्बरमा पुगेको छ भने अमेरिका २ नम्बरमा झरेको छ। फोरमले १२ पिल्लरका ९८ सुचकको आधारमा प्रतिस्पर्धी सुचक निकालेको हो। जसमा संस्थागत शुसासन, पूर्वाधार, प्रविधि आत्मसात, माइक्रो इकनोमिक्स स्थायीत्व, स्वास्थ्य, सिप, वस्तु बजार, श्रम बजार, वित्तीय प्रणाली, बजारको आकार, व्यापारीक विविधता, अन्वेषण सक्षमता जस्ता पिल्लर रहेका छन्।
सन् १९७९ देखि निकाल्दै आएको यो सुचकमा फोरमले संस्थागत संरचना, नीति, उत्पादन गर्ने वातावरण समग्रमा व्यवसायिक स्वतन्त्रतालाई आधार बनाउने गरेको छ।
'संस्थागत संरचना, नीति र त्यसले उत्पादकत्वमा पार्ने प्रभाव नै कम्पिटेटिभनेस इन्डेक्स हो' फोरमले प्रष्ट पारेको छ।
फोरमको प्रतिवेदनले अमेरिका चीनबीच भएको व्यापार युद्धका कारण सिंगापुर र भियतनामले लाभ उठाएका छन्। उक्त सूचकमा भियतनामले चमत्कारिक सुधार गरेको छ।
कर बृद्धि भएपछि चीनबाट धमाधम कम्पनीहरु भियतनाम तथा अन्य एसियन देशमा सर्न थालेपछि सबैभन्दा बढी लाभ भियतनामले लिएको छ।
फोरमको उक्त सूचकांकमा १ देखि १० सम्मको सूचीमा क्रमश: सिंगापुर, सयुक्त राज्य अमेरिका, हङकङ, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड,जापान, जर्मनी,स्वीडेन, सयुक्त अधिराज्य बेलायत र डेनमार्क रहेका छन्।
यो सूचीमा अघिल्लो वर्षको भन्दा एक स्थान सुधार गर्दै नेपाल १०८ औं नम्बरमा रहेको छ। दक्षिण एसियामा नेपालभन्दा मुनी पाकिस्तानमात्र रहेको छ।