नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा उपमहानिर्देशक देवेन्द्र केसीलाई नियुक्त गरेको छ। प्राधिकरण व्यवस्थापनले केसीलाई विमानस्थलको महाप्रबन्धकमा नियुक्त गरेको हो।
यसअघि दसैं अघि राजकुमार क्षेत्रीलाई सरुवा गरी सुरेशमान सिंहलाई निमित्तको जिम्मेवारी दिइएको थियो।
केसी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा विभागीय प्रमुखका रुपमा कार्यरत थिए। केही महिना अघिमात्र उनी प्राधान कार्यालयमा सरुवा भएका थिए।
प्राधिकरणका हाल भएकामध्ये सबैभन्दा पुराना क्याडर केसीसँग दुर्गमा विमानस्थल सञ्चालनको लामो अनुभव रहेको छ।