मोतीहारी– अमलेखगञ्ज पाइपलाइनबाट एक महिनाकाे अवधिमा करिब साढे चार करोड लिटर बराबरकाे डिजेल आयात भएको छ।
नेपाल तथा भारतका प्रधानमन्त्रीले पाइपलाइन भदौ २४ गते सयुक्त रुपमा उद्घाटन गरेका थिए। त्यसयता असोज २७ गतेसम्म ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगम लिमिटेडले जानकारी दिएको छ।
उक्त डिजेल भैरहवा, पोखरा, थानकोट, बिराटनगर लगायतका डिपोमा माग गरे बमोजिमको डिजेल उपलब्ध गराउँदै आएको निगमले बताएको छ।
निगमका अनुसार पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि इन्डियन आयल कर्पोरेशनको डिपो तथा बरौनी, बैतलापुर, मुगलसराई, गोडा लगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको छ।
पाइपलाइनबाट आएको डिजल सुरक्षितका साथै परिमाण र गुणस्तरमा कमी नभएको निगमले जानकारी दिएको छ।