अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।
कोषले विश्वव्यापी अर्थतन्त्रको अवस्थाको बारेमा जानकारी गराउँदै नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो।
गएको वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भएको अनुमान गरेको कोषले यो वर्षका लागि विश्व बैंकको भन्दा न्यून प्रक्षेपण गरेको हो। विश्व बैंकले यो वर्ष ६.४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले नेपालको अर्थतन्त्र ६ प्रतिशतभन्दा माथिले बढ्ने प्रक्षेपण गरेका छन्। विश्व बैंकसँगै एसियाली विकास बैंकले पनि यो वर्ष ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।
गएका तीन वर्षमा औषत ६.५ प्रतिशतको आर्थिक वृद्धि गरेको नेपालले यो वर्ष पनि ६ प्रतिशत भन्दा माथि कायम राख्ने प्रक्षेपण गरिएको छ।
नेपाल सरकारले भने यो वर्ष ८ प्रतिशतको बृद्धिदर हुने प्रक्षेपण गरेको छ।