चालु आर्थिक वर्षको दुई महिनामा सरकारी राजश्व संकलन उत्साहप्रद देखिएको छ। अर्थमन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार लक्ष्यको तुलनामा संकलन न्यून देखिएको हो।
सरकारले अघिल्लो वर्षको तुलनामा उच्च लक्ष्य राखेकाले पनि राजश्व संकलन लक्ष्यभन्दा न्यून देखिएको कर अधिकृतहरुले बताउने गरेका छन्।
मन्त्रालयका अनुसार चालु वर्षको भदौसम्म १ खर्ब ३३ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १५ प्रतिशतलेमात्र उच्च हो।
अघिल्लो वर्ष यही अवधिमा १ खर्ब १५ अर्ब राजस्व संकलन भएको थियो।
विशेषगरी दसै तथा तिहारको अघिल्लो महिना भउकाले भदौमा भन्सार र अन्तशुल्क तर्फको राजस्वमा ठूलो बृद्धिको आश अर्थमन्त्रालयले गरेको थियो।
तर यही अवधिमा यी दुई शिर्षकको राजस्व बृद्धिदर न्यून देखिएको छ।
मन्त्रालयका अनुसार भन्सार तर्फको राजस्व संकलनमा ४ प्रतिशतको बृद्धि छ। आयात घटेका कारण राजश्व संकल न्यून भएको हो।
त्यस्तै अन्तशुल्कको बृद्धिदर पनि सरकारले सोचेजस्तो छैन। विशेषगरी दसैको अघिल्लो महिना भदौमा मदिराजन्य वस्तको आपूर्ति धेरै हुने भएकाले अन्तशुल्क बढ्ने आश गरिएको थियो।
तर यो अवधिमा जम्मा ८ प्रतिशतलेमात्र बढेको छ।
यही अवधिमा गाडीको आयात पनि उल्लेख्य नबढेका कारण समग्र राजश्व संकलनमै असर परेको छ।