रातको ११ बजेपछि पनि आधा दर्जन बढी जहाज आकाशमै घुमिरहेका छन्। आन्तरिक उडानका जहाज करिब एक घण्टादेखि आकाशमै घुमिरहेका छन्।
आज राष्ट्रपति स्वदेश फर्किंदा विमानस्थल बन्द भएकाले अहिले मध्य रातमा पनि जहाज होल्डमा परेका हुन्।
राष्ट्रपतिको उडानका लागि भन्दै विमानस्थल कार्यालयले ३० मिनेट विमानस्थलमा अन्य व्यवसायिक उडान बन्द गराएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार तथा जापान भ्रमण सम्पन्न गरी आज बेलुका ९:२५ मा काठमाडौं अवतरण गरेकी थिइन्।
विमानस्थल ९:१५ देखि ९:४५ सम्म बन्द गरिएको थियो।
त्यसको प्रभाव स्वरूप अहिलेसम्म जहाज आकाशमै घुमिरहेका छन्।