संयुक्त अधिराज्यको लन्डन सहरमा नोभेम्बर ४ देखि ६ सम्म आयोजना भएको विश्व पर्यटन बजार मेला सम्पन्न भएको छ।
लण्डनको फुडट्रेक्समा पाहुनाहरूको लागि नेपाली स्वादका खाना समेत राखिएको थियो।
नेपाल पर्यटन बोर्डको नेपाली खानालाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्य बमोजिम आयोजित लण्डन फुडट्रेक्स कार्यक्रममा नेपाली खानाहरु फाँडो, चुकौनी, मम, दाल र सिकर्नी सहभागीहरुलाई खान दिइएको थियो ।
पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली स्वाद पस्किन पाउनु गौरवको विषय भएको बताए।
संसार कै ठूलो पर्यटन मेला मध्येको एक यस मेलामा नेपालको सहभागितालाई नेपाल पर्यटन बोर्डले नेतृत्व गरेको थियो जसमा ३६ नेपाली ट्राभल कम्पनीहरुको सकृय सहभागिता भएका थिए।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईले गरेका थिए।
यो मेलाको ४०आंै संस्करणमा १८० भन्दाबढी गन्तब्यस्थलहरुको सहभागीता रहेको थियो।
नोभेम्वर ५ मा नेपाली दूतावास लण्डनमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा विश्व प्रसिद्ध पर्वतारोहीहरु, बेलायती टुर अपरेटरहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
१४ पटक सगरमाथा आरोहण गर्ने केन्टोन कुल, पहिलो बेलायती महिला आरोही रेबेक्का स्टेफन्स, पाटा कार्यकारी प्रमुख मारियो हार्डी लागाएतकाले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहभागीहरुलाई अनुरोध गरेका थिए।