झापाको भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कात्तिक २६ देखि मंसिर ५ गतेसम्म बन्द हुने उल्लेख गरेको छ।
विमानस्थल बन्द हुने भएपछि एयरलाइन्सहरुले अतिरिक्त उडानको व्यवस्था विराटनगर मिलाइएको जानकारी दिएका छन्।
नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुरको सट्टा विराटनगरमा उडान थप गरिएको बताएको छ।