राउन्ड टेवल नेपालले वीरगंजको कदम्बरी एकेडेमीका विद्यार्थीहरुसँग वृहत लौगिंक समानता सम्बन्धी कार्यशाला गरेको छ।
सोमबार भएको राउन्ड टेबल कार्यशाला अहिले सम्मकै सबैभन्दा ठूलो सत्र भएको दाबी गर्दै गिनिज वल्र्ड रेकर्डमा दर्ता गर्ने प्रयास गरेको छ।
आयुषी अग्रवालले सञ्चालन गर्नुभएको उक्त कार्यशालामा १ हजार एक सय जना बालबालिकाहरुको सहभागिता थिए।
कार्यक्रम पछि पत्रकारसँग कुराकानगर्दै राउन्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले फ्रिडम थ्रु एजुकेशनको बारेमा जानकारी गर्ने प्रयास गरेको बताए।
उनले लैंगिक असमानताबारे बर्षौंदेखि कुरा भईरहेको भएता पनि यसमा खासै उपलब्धीमूलक काम नभएको दाबी गरे।
‘लैगिक समानताका बारेमा हामी विशेष तरिकाबाट चेतना जगाउन चाहन्छौं जसले गर्दा कुनै पनि ब्यक्तिलाई उसको लिंगकै आधारमा कुनै पनि अधिकारबाट वञ्चित नगरियोस्,’ उनले भने।
उक्त कार्यक्रममा राउन्ड टेबलका अन्तर्राष्ट्रिय अध्यक्ष सेवास्टियन वाल्टर, अन्तर्राष्टिय सचिव मार्क ग्रीमेसाउसेन, एशिया प्रशान्त अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेवल नेपालका सचिव राहुल र राउन्ड टेबल नेपालका अन्य सदस्यहरुको सहभागिता थियो।