अल्का अस्पतालले बिहीबार (आज) निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो।
अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। उक्त शिविर विहान साढे ९ बजेबाट अपरान्ह ४ बजेसम्म चल्नेछ।
शिविरमा ब्लड सुगर, एचबिएवान सी जाँच गरी ७ दिनदेखि १० दिनसम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पटक निशुल्क फलोअप सुविधा हुने अस्पतालले जानकारी दिएको छ।
उक्त अवसरमा अस्पतालले र्याली समेत निकालेको थियो।
मधुमेह कसरी थाहा पाउने
वरिष्ठ चिकित्सक अंशुमाली जोशी
खाना रुचेर पनि तौल घटदै जाने, पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने, मुख सुख्खा भई प्यास धेरै लाग्ने, भोक बढी लाग्ने तर दुब्लाउँदै जाने, घाउहरु छिटो निको नहुने, पिसावमा कमिलाहरु देखिने, कमजोरी हुने र खुट्टाहरु पोल्ने झम्झमाउने लगायतका लक्षण देखापर्दछन्।
कसरी बच्ने
हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउनु पर्दछ। मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्नुपर्छ।
सामान्य खानपान अपनाउने। क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्ने, व्यायाम नियमित गर्ने, व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने तथा दिनमा कम्तिमा आधा घण्टा हिड्ने गर्नुपर्दछ।