सिटी एक्सप्रेस ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरेको छ।
जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सबैलाई ज्याकेट वितरण गरिएको हो।
सिटी एक्सप्रेस ग्रुप अन्तर्गतका भगिनी संस्थाहरुमध्य सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतले संयुक्तरुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका थिए।