आन्तरिक राजस्व विभागले ‘आइआरडी नेपाल’ नामको मोबाईल एप्लिकेशनमा सेवा थप गरेको छ।
आइतबारदेखि एप्पल स्टोर र गुगल प्ले स्टोर मार्फत् यो एप संचालनमा ल्याएको विभागले निकालेको सूचनामा उल्लेख छ। आठौं राष्ट्रिय कर दिवस, २०७६ को अवसरमा विभागले उक्त एपमा महत्वपूर्ण सेवाहरु थप गरेको हो।
मोबाइल एप्लिकेशनमार्फत् प्यान नम्बर दर्ता गर्न सकिन्छ।
यससँगै करकाबारेमा विभिन्न सूचना, समाचार, सम्पर्क नम्बरहरु, करका हिसाबकिताब लगायत सूचना पाउन सकिन्छ।
सोही एपमार्फत् कर तिर्न पनि सकिन्छ भने कर फिर्ती प्रक्रिया समेत पूरा गर्न सकिने जारी सूचनामा उल्लेख छ। एपमा टिडिएसका बारेमा विस्तृतमा हुनेछ।
उक्त एपमा आइटी रिटन लिस्ट, भौचरलगायतको सेवा थप गरिएको छ।