गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको छ।
सन् २०१९ को जनवरीसम्म सक्नेगरी थप गरिएको पछिल्लो समयसीमा पनि गुज्रने निश्चित भएको छ।
आयोजनामा ऋण लगानी गरिरहेको एसियाली बिकास बैंकले पछिल्लो समय काम सुस्त भएकाले कम्तिमा ३ महिना समय लम्बिने बताएको छ।
काठमाडौंमा आयोजित त्रिपक्षीय पोर्टफोलियो रिभ्यू कार्यक्रममा आयोजना पछिल्लो समय थप गरिएको समयमा नसकिने बताइएको छ।
सरकारले सन् २०२० को जनवरीदेखि विमानस्थल तयार हुने बताएको थियो।
तर अप्रिलसम्म नै निर्माणको काम नसकिने बैंकले जानकारी दिएको छ।