सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो विजेता घोषणा गरिएको छ।
मसिक ‘लक्कि ड्र’मार्फत् बाग्लुङ निवासी हाल जापानमा काम गरिरहेका गोबिन्द बहादुर थापालाई असोज महिनाको पहिलो विजेता घोषण गरिएको हो।
सिटी एक्स्प्रेस कम्प्लेक्स भवनमा कार्यक्रम गरी थापाको छोरी सिर्जना थापालाई १ लाख नगद पुरस्कार दिइएको छ। यो कार्यक्रमको अन्त्यमा विजेताले बम्पर उपहारस्वरुप १० लाख जित्नसक्ने छन्।
अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ।