नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात् लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताए।
राजदूत वडले नेपाल चेम्बर अफकमर्सको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा साना लगानीकर्ताहरुलाई सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपालको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा लगानी गर्ने बताएका हुन्।
‘नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्रीवातावरण भएमा अष्ट्रेलियाको लगानी आउने सम्भावन छ’, उनले भने।
उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताए।
चेम्बरका अध्यक्ष राजेश काजीश्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए।
उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतकाआकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न आयोजित हुने व्यापार /मेलाप्रदर्शनीमा नेपालले पनि सहभागिता दिन आग्रह गरे।