रियल स्कूल अफ नेपाल २०१९ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल काठमाडौ पश्चिममा सम्पन्न भएको छ।
गत नोभेम्बर २० मा सम्पन्न भएको यो प्रतियोगिताबाट विजयी विद्यालय ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल घोषित भएको छ।
विजयी विद्यालयका सहभागी विद्यार्थीहरु रोबिन्स खनाल, प्रेजु खनाल, निशन्त आचार्य, सुनिम भण्डारी, रिजन सारु, र जिडान तामाङ हुन्।
यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन्।